डडेल्धुरामा छैटौं पटक जित देउबाको

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 24

प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन्। देउवाले आफ्नो सुरुआती अग्रता कायम राख्दै आफ्ना निकट प्रतिद्वन्द्वीलाई झन्डै ७ हजार मतले हराएका हुन्। निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याएका छन्।

उनका निकटत प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका लेखराज भट्टले २१११५ मत ल्याए। योसँगै डडेल्धुराबाट देउवा छैठौं पटक निर्वाचित भएका हुन्। यसअघि उनी २०४८, २०५१, २०५६ का संसदीय चुनाव र दुबै संविधान सभामा विजयी भएका थिए।