कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Kartik 8



काठमाडौं, ८ कात्तिक
दाङ देउखुरी जिल्ला अदालतको २०६९ जेठ १७ को फैसलाले कर्तब्य ज्यान मुद्दामा जन्म कैदको सजाय हुने ठहर भई हालसम्म फरार रहेका दाङ्गको साविक उरहरी गाबिस–८ बेलगनारका ४२ वर्षीय कालुराम चौधरीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले काठमाडौं सामाखुसीबाट मंगलबार पक्राउ गरेको छ ।
२०६५ भदौ ११ गते सोही ठाउँ बस्ने रमेश हमालले आफुलाई गोली प्रहार गरी आक्रमण गरेको ईबी राखी निज कालुरामको निर्देशनमा सिताराम चौधरी समेतका करीव १८ जनाले २०६६ चैत २६ गते रमेश हमाललाई अपहरण गरी वैवाङ्गस्थित एकान्तस्थल नर्सरीमा लगेर तरवार प्रहारबाट हत्या गरी शवलाई प्लाष्टिकमा बेरेर पातुखोलाको बगरमा गाडेको खुल्न आएको थियो ।
कालुरामलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
श्रोत नेपाल प्रहरी