नगरपालिका कर्मचारी एसोसिएसन बुढानिलकण्ठ इकाईले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र

[[IMG_ALT]]

b.s.g news | Nagar News | Chaitra 6

स्थानीयतहको निर्बाचन पश्चात बुढानिलकण्ठ नगरपालिका भित्र निजामती सेवा बाट कर्मचारीहरुको आगमन अन्य नगरपालिकामा भन्दा धेरै भएको र यो क्रमले निरन्तरता पाए बुढानिलकण्ठ नगरपालिकामा बिगत देखि करार सेवा मार्फत काम गर्दै आएका कर्मचारीहरु विस्थापित हुन् सक्ने परिस्थि लाई मध्य नजर गर्दै र अन्य नगरपालिकाको हकमा कतै पनि निजामती सेवा बाट आएका कर्मचारीहरु लाई नराखेको ,बिगतमा अस्थाई र करारमा रहेका कर्मचारीहरु बाट वडाको प्रशासन वडा सचिबको जिम्मेवारी दिई काम गर्न लगाई हाल निजामती सेवाका कर्मचारीको आगमन पश्चात बहाली रहेको जिम्मेवारीबाट मुक्त गराइएको प्रति नगरपालिका कर्मचारी एसोसिएसन बुढानिलकण्ठ इकाईले असन्तुष्टि प्रकट गरेको छ |साबिक गा बि स हुँदा र नगरपालिका नगरपालिका गठन भए पश्चात बिभिन्न पदमा बसेर कार्य गर्दै आएका अस्थाई तथा करारमा रहेका कर्मचारी हरुको माग लाई नगर सभा बाट सम्बोधन गर्नु पर्ने भनि माग राखी एसोसिएसनले बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धवप्रसाद खरेल लाई ज्ञापन पत्र बुझाएको छ| अस्थाई तथा करार सेवामा रहेका कर्मचारीहरुको लागी संचयकोषमा रकम राख्ने ,दुर्घटना बिमा ,करारमा रहेका कर्मचारीहरु लाई अस्थाई गरिनुपर्ने ,स्थानीय तहमा काम गरेका कर्मचारीको बढुवा हुनुपर्ने ,लगायत को १० ओटा माग राखी नगरपालिका कर्मचारी एसोसिएसन बुढानिलकण्ठ इकाईले नगरप्रमुख उद्धवप्रसाद खरेललाई ज्ञापन पत्र बुझाएको छ |