को हुन काठमाडौं क्षेत्र न. ५ प्रतीनिधी सभाका उम्मेद्वार ईश्वर पोखरेल ?

[[IMG_ALT]]

www.bsgnews.com/संक्षिप्त जानकारी | Nagar News | Mangshir 2

२०१० साल मा जन्मिनु भएका ईश्वर पोखरेल कलिलो उमेर देखी नै कम्युनिष्ट आन्दोलनमा होमिनु भएको थियो ।
२०३३ देखी २०३५ साल मा नेपाल कम्युनिष्ट क्रान्तिकारी को-अर्डिनेशन कमिटी को केन्द्रिय सदस्य हुँदै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (मार्क्स्वादि-लेनिनवादि)संस्थापक केन्द्रिय सद्स्य सम्म हुनु भएको थियो ।
२०२६ शालमा भारतले गरेको नाकावन्दीको विरोध गर्दा उनि १ महिना हिरासतमा समेत परेका थिए ।तत्कालिन नेकपा मालेका संस्थापक सदस्य रहेका पोखरेल नेकपा एमालेको ८ औ र ९ औ महाधिवेशनमा नेकपा एमालेको महासचिव पदमा निर्वाचित भएका थिए ।
हाल नेकपा एमालेको केन्द्रिय सचिवालयका प्रमुख रहेका उनि भूमिगत काल देखि नै विभिन्न जिल्ला र कार्य क्षेत्रमा सक्रियता पुर्वक निरन्तर क्रियाशील बन्दै आएका छन । नेकपा एमाले को ९ महिने सरकार रहँदा स्वर्गिय मनमोहन अधिकारि प्रधानमन्त्री हुँदाँ ईश्वर पोखरेल प्रमुख सल्लाहकारको रुपमा रही राष्ट्र निर्माणको क्रममा महत्व पुर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
काठमाडौं जिल्लाको तत्कालिन क्षेत्र नं ३ बाट सांसद बनेका पोखरेल् नेकपा एमालेको आठौं र नवौं महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनु भैइ,उप प्रधान मन्त्री तथा पर्-राष्ट्र मन्त्री उधोग तथा बाणिज्य मन्त्री रही कुशल्तापुर्वक आफ्ना जिम्मेवारी पुरा गर्नु भएको थियो ।
२०२६ साल देखी राष्ट्रीय राजनितीमा सक्रीय रहनु भएका ईश्वर पोखरेल प्रभावशाली नेता हुन ।
घर दैलो गर्ने क्रममा "यो पार्टी उ पार्टी लाई भोट दिनु भन्दा पनि उम्मेद्वारको कार्य क्षमता हेरी आफ्नो अमुल्य मत दिन जनता माझ आग्रह गर्नु भएको थियो" ।आफ्नो क्षेत्रलाई थप बिकास गर्दै आफ्नो क्षेत्रका जनताका कार्य क्षमता बृद्दी गर्दै लानु पर्ने तथा उक्त कार्य गर्नका निमित्त आफु सदैव सहयोगको लागी रहेको र रहने प्रतिवद्धता घर दैलोको क्रममा व्यक्त गर्नु भएको थियो । क्षेत्रीय र राष्ट्रीय योजना सहित जनता माझ पुगेका महासचिव ईश्वर पोखरेल यो पालीको चुनावमा काठमाडौं क्षेत्र नं ५ का जनताले बिजय गराउनेमा बिस्वस्त छन ।