काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध सहित पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Bhadra 24



काठमाडौं, २३ भदौ
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकबाट काठमाडौं सामाखुसी बस्ने तनहुँको सुक्लागण्डकी–६ का २७ वर्षीय अनिल थापालाई साथमा रहेको फेनारगन ३ एम्पुल, नुरफिन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र टोखा नगरपालिका–५ धापासी बस्ने ताप्लेजुङको ट्याक्सीबोटे–७ का २७ वर्षीय गोपाल तामाङलाई साथमा रहेको नुरफिन १ सय ३४ एम्पुल, डाइजेपाम १ सय ३४ एम्पुल, फेनारगन १ सय ३४ एम्पुल गरी जम्मा ४ सय १२ एम्पुल लागूऔषध सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

झापा : मेचीनगर नगरपालिका–६ बसपार्कबाट सोही नगरपालिका–१३ बस्ने २२ वर्षीय सुनिल थापामगरलाई प्लाष्टिकको झोलामा बोकेको लागूऔषध डाइजेपाम २० एम्पुल, लुपिजेसिक २० एम्पुल, फेनारगन २० एम्पुल गरी जम्मा ६० एम्पुल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही: काठमाडौं महानगरपालिका धुम्बाराही घर भएका २९ वर्षीय राजेश थापा र काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय विजय खड्कालाई अवैध लागूऔषध सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकप्वाईन्टमा रुपन्देहीबाट काठमाडौं आउँदै गरेको लु.१७ प २३५२ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा थापा र खड्काले झोलामा लुकाइछिपाई राखेको लागुऔषध नुर्फिन ४४ एम्पुल, फेनारगन ४६ एम्पुल, डाइजिनेफ ४६ एम्पुल र ३ थान ईन्जेक्सनसहित पक्राउ परेका हुन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।