डाक्टर गोविन्द केसीलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा

[[IMG_ALT]]

www.bsgnews.com | National News | Poush 26

अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसीलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।

केसीको बयान र उनका पक्षमा अधिवक्ताहरूको बहस पछि यस्तो आदेश गरिएको हो।

गोविन्द केसीद्वारा आरोपको प्रतिवाद

अदालतको आदेशपछि डा. गोविन्द केसी पक्राउ

आदेशमा केसीले आफ्नो बयानका क्रममा अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको भन्दै उनको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरेर हाललाई रिहा गरी बाँकी कारबाही गर्नु भनिएको छ।

साथै उक्त आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताका प्रतिलिपि झिकाउनुका साथै न्यायपरिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसमेत झिकाउन आदेश गरिएको छ। डाक्टर केसीले ती विषयमा अदालतमै प्रश्न उठाएका थिए।

उक्त आदेश सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दिएको हो।