बुढानीलकण्ठ नगरपालिकामा नियमित अनुगमन सञ्चालन भइरहेको छ।
नगरपालिकाका उपप्रमुख अनिता लामा समेतको उपस्थितिमा निरन्तर भइरहेको उक्त अनुगमन टोली द्वारा नजिकिएको चाडपर्वलाई समेत मध्यनजर गरी थप कडा रूपमा अनुगमनलाई तिब्रता दिइएको हो।
हाल बजारमा चाडवाडकै समयमा व्यापारीहरूले खाद्यान्न देखि विविध किसिमका सामग्रीहरूमा तोकिएको तथा कानुन विपरीत बढी मूल्य असुलउपर गरी सामान बेच्ने गरेको समस्याहरूलाई सम्बोधन गर्न सो अनुगमनलाई कडाइ गर्दै उक्त कार्यलाई रोक्नका निमित्त स्थानीय निकायको ध्यानाकर्षण भएको जनाइएको छ।
नगरपालिकाभित्रका थोक व्यापारी, ठूला होटल व्यवसायी, डेरी, माछामासु, मार्टहरु, रक्सि पसल लगायतका पसलहरुमा अनुगमन तिब्र रूपमा भइरहेको जानकारी प्राप्त भएको छ।
स्वस्थ खाना र मूल्य वृद्धिका कारणले चाडबाडको समयमा नागरिकहरुलाई समस्यामा नपार्न समेत व्यापारीहरुलाई आग्रह गरी नगरपालिकालाई सघाउन नगरपालिकाका उपप्रमुख अनिता लामाले आग्रह गर्नुभएको छ।
प्रतिकृयाहरु