बुढानीलकण्ठ नगरपालिकामा पहिचान गरिएका आमाबुबा बिहिन बालबालिकाहरुलाई ‘आमाबुबा बिहिन बालबालिकाको संरक्षण भत्ता’ प्रदान गरिएको छ। 

१८ वर्ष मुनिका आमाबुबा बिहिन बालबालिकाहरुको संरक्षण, शिक्षा, पोषण लगायत समिटिने उद्देश्य सहित बालबालिकाका लागि मासिक भत्ताको सुविधा व्यवस्था गरिएको छ।

 प्रदेश सरकारद्वारा व्यवस्था बमोजिम बालबालिकाहरुको मासिक भत्ता भएसँगै नगरपालिकाको जनसंख्या तथा समावेशीकरण महाशाखाको समन्वयमा वितरण गरिएको हो। प्रदेशबाट प्राप्त अनुदान सँगै स्थानीय बजेटबाट समेत थप गरि उक्त मासिक भत्ता रकम नगरपालिका ६ जना बालबालिकालाई वितरण गरिएको हो। भत्ताका साथै नगरालिकाको डायरी तथा अन्य स्टेशनरी सामाग्रीहरु समेत वितरण गरएको हो ।