प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अबरोधका बीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि काँग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको छ।
काँग्रेसले बैठकको शुरुमै नारावाजी गर्दै बैठक अबरोध गरेको थियो । तर सभामुखले पत्रहरु पढ्न र गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनाव भएको थियो ।
सभामुखले गृहमन्त्रीलाई बोलाएपछि काँग्रेसका सांसदहरु थप आक्रोशित भएका थिए । गृहमन्त्रीलाई बोल्न माइकसम्म पुर्याउने पहल एमालेका सांसदहरुले गरेका थिए। यसैक्रममा एमाले र काँग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।
स्थित तनावपूर्ण बनेपछि सभामुखले गृहमन्त्रीलाई बोल्न होइन आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । तर पनि संसदभित्र नाराबाजी चलिरह्यो । त्यसपछि सभामुखले बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो ।
बैठक रोकिएको सूचना पछि पनि काँग्रेसका सांसदहरुले केहीबेर नारावाजी गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक भोलि ११ बजे बस्ने कार्यक्रम छ ।।
प्रतिकृयाहरु