बूढानीलकण्ठ नगरपालिका वडा-८ मा रहेको रहेको जगन्नाथ मन्दिर अब धाम बन्ने l
आज जगन्नाथ मन्दिरमा आयोजित धार्मिक सभामा महन्त पिठाधिपती श्रीश्रीश्री १००८ जगद्गुरु रामानुजाचार्य श्री हिमालय बाबाजीको मुखारबिन्दबाट प्रकट आशीर्वचनका क्रममा उक्त कुरा बताईएको हो।
बूढानीलकण्ठ नगरपालिका वडा नं.-८ मा अवस्थित जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रहेका समाजसेवी रविन अधिकारीको नेतृत्वमा विभिन्न पेशामा आवद्ध अध्यात्मको चिन्तन गर्ने स्थानीयबासी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम अर्याल, समाजसेवी रामप्रसाद लुइँटेललगायतको बाक्लो उपस्थितिसहित जगद्गुरुलाई मन्दिरमा बाजागाजासहित भव्यरूपमा स्वागत गरिएको थियो।
जगद्गुरुले मन्दिर परिसरमा बनाईएको आशन ग्रहण गरेपश्चात सयौंको संख्यामा उपस्थित भक्तहरु माझ आशीर्वचन प्रदान गर्नुभएको थियो। सो आशीर्वचन प्रदान क्रममा जगद्गुरुले जगन्नाथ मन्दिरको जिर्णोद्वार र संरक्षण गर्न रविन अधिकारीको पहलमा नगरपालिकाले सहयोग पुर्याएको बताउँदै नगर प्रमुख मिठाराम अधिकारी र प्रशासकीय अधिकृत अर्याललाई धन्यवाद दिनुभएको थियो।
मन्दिर आसपास रहेको करिब १९ रोपनी सार्वजनिक जग्गामा धर्मशाला बनाउने आफ्नो लक्ष्य रहेको जसलाई पुरागर्न रविन अधिकारी सक्षम रहेको पनि जगद्गुरुले बताउनु भयो। त्यसरी निर्माण गरिने धर्मशालामा नेपालभरबाट विभिन्न कामको सिलसिलामा काठमाडौं आउने महानुभावलाई नि:शुल्क भोजन र आवासको व्यवस्था गर्ने उदेश्य रहेको जसको लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने विश्वास लिएको बताउँदै नगर प्रमुख मिठाराम अधिकारीको प्रशंसा गर्नुभएको थियो।
जगन्नाथ मन्दिरका अध्यक्ष तथा समाजसेवी रविन अधिकारीले आफ्नो आफ्नो चिन्तन जहिल्यै पनि समाजको उत्थान र विकासमा रहेको बताउँदै भौतिक विकास मात्रै नभएर अध्यात्म प्रति जागरुक हुनुनै मानव चोलाको उदेश्य पुराहुने एचटिभी खबरलाई बताउनु भयो। जगद्गुरुको आज्ञानुसार जगन्नाथ धाम बनाउन पहल गर्ने पनि अधिकारीले प्रष्ट्याउनु भयो
नगर प्रमुख मिठाराम अधिकारी, लगायत अध्यात्ममा रुचि राख्ने स्थानीयबासी, समाजसेवी राजु गोर्खाली लगायतको सहभागिता रहेको अवसरमा मन्दिर परिसरमा लाखबत्ति प्रज्ववलन गरिएको थियो।
प्रतिकृयाहरु