प्रहरीले डरत्रास देखाइ रकम असुली गर्ने ३२ वर्षीय डा. आशिष दाहाललाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक समेत रहनुभएका सूचना अधिकारी काजी कुमार आचार्यकाअनुसार दाहालले ह्वाट्स एप्स्मार्फत अन्डर वल्र्ड नेटवर्कको अन्डर कभर एजेण्ट हो भन्दै डरत्रास देखाइ ५० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म माग गर्ने गरेका थिए ।
उनले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई विहार लगायत अन्य ठाउँबाट कन्ट्रयाक्ट किलर भाडामा लगाइ ज्यान समेत मार्छु भनी धम्की दिएको प्रहरीको भनाइ छ ।
प्रहरीले सो रकम माग गर्ने गरेको सूचना प्राप्त भएको आधारमा काठमाडौँ महानगरपालिका शंखमुल ३१ बाट स्थायी घर भोजपुर आम्तेक गाविस वडा नं. ६ हाल परिवर्तित भोजपुर नगरपालिका वडा नंं. ११ भइ हाल ललितपुर ग्वार्को सानोगाउँ बस्ने दाहाललाई पक्राउ गरेको हो ।
दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृयाहरु