विराटनगर, असार ०७ गते ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा विराटनगर-४ का २४ बर्षीय गणेश भन्ने रमेश यादबलाई पक्राउ गरेको छ । असार ५ गते बुधबार राती रमेश यादबले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका-१२ सुनसरीका २३ बर्षीय अक्लेश कुमार यादबलाई सामान्य वाद विवादका क्रममा धारीलो हतियार छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट घाईते भएका यादबको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटनामा संलग्न रमेश यादबलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका यादबको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
प्रतिकृयाहरु