बुढानीलकण्ठ नगरपालिकाका कृषकहरुलाई विभिन्न विधा अन्तर्गत सम्मान गरिएको छ। नगरपालिकाको कृषि विकास शाखा तता पशु सरवा शाखाद्वारा सञ्चालित अनुगमन तथा मुल्याङ्कन मार्फत नगरपालिकाका विभिन्न किसानहरुको फार्म, कौसी खेती, पशु पालन गर्दै आएका कृषकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो। 

असल कृषक कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी खेती विधामा प्रथम पुरस्कार बु.न.पा.१३ हिसाङ्ग कृषि फार्मबाट फुलमाया तामाङ्ग, द्वितियमा सेरा एग्रीकल्चर मल्टिप्रपोज कम्पनीबाट मान बहादुर, बु.न.पा. १३ मा रहेको ग्रीन प्लानेट एग्रोका ज्योति पौडेल, रश्मी एण्ड रञ्जना अर्गानिक कृषि फार्मका रञ्जना धामी, त्यस्तै तृतिय स्थानमा होराइजन एग्रो मल्टिप्रपोजका रासविर राई, निशान तरकारी तथा व्यावसायिक फार्मका सन्तमाया महर्जन र आशिरा अर्गानिक कृषि तथा पशुपंक्षी फार्मका लजु शेर्पाले पुरस्कार प्राप्त गरेका हुन्। 

त्यसैगरि व्यावसायिक आलंकारीक बिरुवा/ फूल नर्सरी तरकारी नर्सरी विधामा बु.न.पा. २ फाइकस बायोटेक प्रा.लि. का सन्तोष दाहाल प्रथम, बु.न.पा. ४ दिक्षा नर्सरीका तारा बहादुर थापा द्वितीय र बु.न.पा. ५ स्थित एस.एस..बी. अर्गानिक कृषि तथा पशुपंक्षी फार्म प्रा.लि तृतिय भएका छन् । 

कौसी खेती प्रतियोगीता तर्फ बु.न.पा. १० को भविष्य निर्माण कृषि उत्पादक कृषक समूहबाट कालिका बस्नेत श्रेष्ठ प्रथम, बु.न.पा. ७ बाट शान्ती कृषि पशुपंक्षी समूहका शोभा शर्मा द्वितीय, वडा नं ८ सुनौलो कौसी खेती कृषक समूहका रणमाँया लिम्बु तृतीय स्थान प्राप्त गरी पुरस्कृत हुनुभएका छन्। सान्त्वना पुरस्कारमा ३ जना वडा ९ बरफेदी कौसी खेती कृषक समूहबाट प्रतिभा मञ्जरी श्रेष्ठ, वडा नं ७ महिला जागरण विकास समितिबाट सरिता के.सी र वडा नं ८ सृजनशिल कृषक समूहबाट टुकराज शर्मा रहनुभएको छ। 

पशु पालन तर्फबाट तर्फ उत्कृष्ट कृषक पुरस्कारमा गाईपालनमा उत्कृष्ट पुस्कार पाउनेमा वडा नं ६ को अप्सिका पशुपालन तथा कृषि फार्मका धन बहादुर कार्की हुनुभएको छ। वडा नं १० को घिसिङ कृषि तथा पशु पालन फार्मका प्रकाश बहादुर घिसिङ प्रथम, वडा नं ४ को बुढानीलकण्ठ कार्की गाई तथा कृषि फार्म प्रा.लिका रोजना कार्की द्वितीय, वडा नं ८ घिमिरे गाई फार्मबाट डेक राज घिमिरे तृतीय हुनुभएको हो। सान्त्वना पुरस्कार प्राप्त गर्नेमा बु.न.पा. १२ महादेव कृषि फार्म प्रा.लि का डिल्ली प्रसाद खतिवडा, वडा नं १३ अधिकारी पशुपालन तथा कृषि फार्मका सुदिप अधिकारी र वडा नं ४ बाट गोनिका मिल्क फार्मका गिता भुसाल रहनुभएको छ। 

त्यस्तै बाख्रा पालनविधामा बु.न.पा ११ का कार्की कृषि फार्मका भक्तीमाया कार्की उत्कृषट कृषकका रुपमा पुरस्कृत हुनुभएको हो। प्रथम हुनेमा बु.न.पा. ६ ओम कार्यश्वर अर्गानिक कृषि फार्मबाट सर्मिला के.सी, द्वितीय हुनेमा वडा नं १३ श्री प्रगती कृषि तथा पशु पालन फार्मका प्रम प्रसाद खतिवडा र तृतीय वडा नं १३ का शान्ताकाजी चुनिखेल कृषि फार्मका शान्ताकाजी श्रेष्ठ रहनुभएको छ। सान्त्वना पुरस्कारका रुपमा बु.न.पा. १३ सार एग्रो कृषि तथा पशुपन्छी पालन कृषक समूहका आषिश श्रेष्ठ पुरस्कृत हुनुभएको छ।  

आजको कार्यक्रममा अतिथिका रुपमा पशु चिकित्सक तथा विज्ञ डा.बोधनाथ अधिकारी, पशु विज्ञ डा.धनराज रताला र कृषि विज्ञ सञ्जय धिमाल उपस्थित रहनुभएको थियो। नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिकासदस्यहरु, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतीका रुपमा आर्थिक विकास समितिका संयोजक रीना श्रेष्ठरहनुभएको थियो।