बुढानीलकण्ठ नगरपालिकामा स्वास्थ्य बीमा सम्बन्धी अभिमुखिकरण तथा समिक्षा कार्यक्रम आयोजना भएको छ।
बुढानीलकण्ठ नगरपालिकाभित्रका बासिन्दा सम्पूर्णलाई यस सेवामा समेट्नका लागि नगरपालिकाबाट छनोट भएका स्वास्थ्य बीमाकर्ताहरुले घरघरमा गई अथवा वडाबाट बीमा दर्ता गराउने कार्य गर्दै हुनुहुन्छ।
कार्यक्रममा यस बीमा कार्यक्रम अन्तरगत दर्ता गराउनुभएका बीमितहरुले प्राप्त गर्ने सेवाहरुका विषयमा विस्तृत जानकारी समेत यस विषयमा रहेका राय सुझाव तथा जिज्ञासाहरुका विषयमा छलफल एवं अन्तरक्रिया गरिएको छ। यस बीमा कार्यक्रमको उद्देश्य, विशेषताहरु लगायतका विषयमा प्रस्तुतिकरण गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख अनिता लामा, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका महाशाखा/शाखाका प्रमुख तथा कर्मचारी, नगर अस्पतालका निर्देशक सुधांशु झा, बीमाकर्ताहरु लगायतको उपस्थितिहरु रहेको थियो।
प्रतिकृयाहरु