काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ।
आज महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत यही असोज १२ गते शनिवार महासंघकोनिर्वाचन हुने जानकारी दिनुभएको हो ।
यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोकेपनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टको विज्ञप्तिमा भनिएको छ।
महासंघले आजै सरोकारवाला सबैको सहमतिमा मतदाता सूची निर्वाचन समितिलाई बुझाएको छ ।
भोलि भदौ २९ गते शनिवार मतदाता सूची र भोलि नै निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गर्ने विज्ञप्तिमाउल्लेख छ ।
कार्यवाहक अध्यक्ष विष्टले निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षलाई आव्हान पनि गर्नुभएको छ ।।
प्रतिकृयाहरु