बुढानीलकण्ठ नगरपालिका वडा नं ३ कविता तथा गजलमय बनेको छ।

वरिष्ठ गजलकार तथा अनुवादक राम बहादुर पहाडीको मुख्य प्रस्तुति समेटिएको गजल गायन, वाचन तथा ग्रीष्मकालीन कवि गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमलाई दुई चरणमा विभाजन गरि पहिलो चरणमा विभिन्न राष्ट्रिय तथा स्थानीय कवि/ साहित्यकारहरु करिव २० जनाले आफ्नो सृजना वाचन गर्नुभएको थियो।  दोस्रो भागमा कार्यक्रमका प्रमुख वाचक एवं प्रस्तोता वरिष्ठ गजलकार गायक तथा अनुबादक राम बहादुर पहाडीद्वारा यसै नगरपालिकाको विषयमा रचना गर्नुभएको गजल प्रस्तुत गरि शुरुवात गर्नुभएको थियो। 

बुढानीलकण्ठ नगरपालिका वडा नं ३ को आयोजनामा भएको कार्यक्रममा पहाडीका साथसाथै विभिन्न राष्ट्रिय र स्थानीय कवि, साहित्यकार तथा गजलकारहरुले आ-आफ्ना कृति, साहित्य तथा रचना प्रस्तुत गर्नुभएको थियो।

वडा अध्यक्ष आकास धितालको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, विशेष अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं ३ का सदस्यहरु सुशिला रम्तेल, बालमाया श्रेष्ठ, बिक्रम राज श्रेष्ठ लगायत स्थानीय प्रशंसकहरुको राम्रो उपस्थिति रहेको कार्यक्रमका संयोजक विकास लामा तामाङ बताउनुहुन्छ।