बुढानीलकण्ठ नगरपालिका वडा नं १३ को प्राचिन जात्रा 'भद्रकाली जात्रा' को अवसर पारी दोस्रो Chunikhel musical event कार्यक्रमको आयोजना हुँदे छ ।
बुद्ध जयन्तिको दिन मिति २०८१ जेष्ठ १० गतेका दिन Chunikhel guyz yuva club द्वारा आयोजना हुन लागेको दोस्रो सांस्कृतिक कार्यक्रम हुन गइरहेको हो। कार्यक्रममा विशेष प्रस्तोताका रुपमा गायक दिपक बज्राचार्य तथा रिदम ब्याण्ड रहनेछ। साथमा अन्य विविध कलाकारहरुसमेतको बृहत प्रस्तुतीहरुसमेत समेटिने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम बुढानीलकण्ठ वडा नं १३ वडा कार्यालयको प्राङ्गणमा दिनको १ बजेदेखी शुरु हुने आयोजकले जनाएका छन् ।
प्रतिकृयाहरु