बुढानिलकण्ठ नगरपालिका तौलुङ वडा नं. २ मा आज बिहान करिब ११:०० बजेको समयमा एक व्यक्तिले बाख्रा चोरी मार्न प्रयास गर्दै गर्दा स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई  बुझाएको छ । स्थानियले उक्त व्यक्तिको  शंकास्पद गतिविधि देखेपछि चामलको बोरा भित्र के बोकी हिडेको भनेर  खोज तलास गर्दा चोरले बाख्रालाई चामलको बोरा भित्र राखी, खुरपा प्रहार गरि मार्न खोजेको थियो।तत्पश्चात स्थानियहरूले चोरलाई नियन्त्रणमालाई प्रहरी प्रभाग बुढानिलकण्ठमा खबर गरि प्रहरीलाई जिम्मा लगाएको थियो ।उक्त व्यक्तिबाट  झोलामा दुई वटा बाइकका चाबी र केही कपडाहरू समेत फेला परेको छ।

चाडपर्वको समयमा यस प्रकारका चोरीका घटनाहरू बारम्बार हुने गरेका छन्। दशैंको बेला यस्ता गतिविधिहरूबाट सतर्क रहन सबैलाई सुझाव दिदै प्रहरी प्रभाग बुढानिलकण्ठले केवल सम्पत्ति मात्र नभई, केही मानिसहरू घरका सुन, नगद, र चाँदी जस्ता गरगहना लुट्ने प्रयास पनि गर्ने हुँदा  यस दशैंमा सबैले सावधानी अपनाउन र केहि त्यस्ता घटना घटे प्रहरीलाइ सम्पर्क गर्न अनुरोध गरेको छ।