बुढानीलकण्ठ नगरपालिकाको चालु आर्थिक वर्ष ०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाबाट सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयहरुमा सरोकारवाला एवं नगरवासीहरुको जिज्ञासा, प्रतिक्रिया तथा सुझाव लिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
नगरकार्यपालिकाको प्राङ्गणमा सम्पन्न कार्यक्रममा नगरपालिकाले आ.व. २०८०।८१ मा सम्पूर्ण वडा तथा नगरपालिकाको विविध का्रयक्रम, योजना तथा परियोजना लगायतको शाखागत प्रतिवेदन तथा उपलब्धीहरु प्रस्तुत गरिएका थिए ।
क्रमशः नगरपालिकाका विविध क्षेत्रका गुनासो, प्रश्न तथा राय सुझावहरु संकलन गरि नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले प्रश्नहरुको उत्तर प्रदान गरेका थिए।
नगरपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको नगर प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्यालले बताउनुभयो । कार्यक्रम मार्फत उहाँले आ.व. २०८०/८१ श्रावण महिना देखि हाल सम्म भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको वृष्तृत विवरण पेश गर्नुभयो । यस अघि माघ ०५ गते वडा नं ११ कार्यालय प्राङ्गणमा कर्यक्रम संचालन गरिएको थियो ।
विपद् व्यवस्थापन तथा यस क्षेत्रका कार्यक्रम तथा योजनाहरुसम्बन्धी नीति तथा योजनाहरुमा समस्या देखिएकोमा यस क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्ने र विभिन्न एप्सहरु निर्माण तथा कार्यान्वयन गरिनुपर्ने विषय तथा गुनासोलाई प्रतिउत्तरमा नगर उपप्रमुख लामाले उदाहरणीय रहेका अन्य नगरपालिकाका विधीहरु अपनाउनेमा विश्वस्त रहेको जनाउनुभएको छ।
त्यस्तै नगरपालिकाका एक पत्रकारद्वारा नगरपालिकाको एक महत्वपूर्ण पर्यटकीय हिसाबमा पनि दसकौँदेखी सञ्चालित पार्क भिलेज रिसोर्टको राजश्व संकलन सम्बन्धी विवादको विषयमा प्रश्न गर्दा त्सयको उत्तरमा नगर प्रमुख तथा उपप्रमुखद्वारा उक्त विवादलाई आन्तरिक छलफलहरु भइरहेको र यहि आ.व.भित्रदेखिनै राटजश्व संकलनको प्रक्रियामा लाने क्रममा रहेको जनाउनुभएको छ। साथै उक्त रिसोर्टको क्षेत्रभित्र सार्वजनिक जग्गा समेत समेटिएकोमा उक्त विषयसम्बन्धी पनि निरन्तर छलफल भइरहेको जनाउनुभएको छ। त्यस्तै नगर अस्पतालसम्बन्धी विवादका विषयमा समेत उठान भएको थियो।
त्यस्तै यस नगरपालिकाभित्रको सुशासनमाथि आइरहने गुनासो, भ्रष्टाचार सम्बन्धी प्रश्न हरेक पटक रहेकोमा एक नागरिकले यस नगरपालिकाका केहि कर्मचारीहरु आपत्तिजनक स्थितिमा रहेको जनाएका छन्। नगरपालिकाभित्रका १६ जना तथा १३ वटै वडाका करिव ४० जना कर्मचारीहरुको आचरणका विषयमा ध्यानाकर्षण गराएका थिए ।
पटकपटकको सार्वजनिक सुनुवाई तथा अन्य छलफलका कार्यक्रमहरुमा उठ्ने गरेको विविध सीपमुलक तालिमहरुको केन्द्रिकरण गरिनुपर्ने भन्ने विषयमा पुनः ध्यानाकरष्ण गरिएको थियो। जसमा नगरपालिकाका उपप्रमुख लामाले जसमा नगरपालिकाका उपप्रमुख लामाले यस विषयमा नगरपालिकास्तरमानै हुने गरि कार्यक्रम तथा योजनाहरु बनिरहेको जनाउनुभएको छ।
शिक्षा क्षेत्रमा प्राविधिक शिक्षालाइ प्राथमिकतामा राखी शिक्षा क्षेत्रको गुणस्तरलाई बढाउनमा केन्द्रित हुनुपर्ने एक नागरिको राय-सुझावमा उपप्रमुख अनिता लामाले यसै आ.व.मा ‘प्राविधिक शिक्षालय कार्यक्रम’ तयारी करिव अन्तिम चरणमानै रहेको र कार्यान्वयनका लागि समेत लागी परेको जनाउनुभएको छ।
प्रतिकृयाहरु