बुढानीलकण्ठ नगरपालिका द्वारा असोज ११ गते (शुक्रबार) नगरपालिका भवनको प्राङ्गण हात्तीगौंडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुन लागेको छ ।

नगरपालिकाबाट आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयहरुमा सरोकारवाला एवं नगरवासीहरुको जिज्ञासा, प्रतिक्रिया तथा चालु आर्थिक वर्ष ०८१।८२ को स्वीकृत कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यका सार सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम आयोजना हुन लागेको हो ।

नगरपालिका क्षेत्रभित्र क्रियाशील उपभोक्ता समिति, क्लब, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, दलित, जेष्ठ नागरिक, पिछडिएका वर्ग लगायत सरोकारवाला सबैको सहभागिताको लागि नगरपालिकाले सूचना मार्फत आव्हान गरेको छ ।

सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रमः

मितिः २०८१ असोज ११ गते शुक्रबार

समयः बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म

स्थानः बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गण, हात्तीगौंडा, काठमाडौं ।