राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सूचना अनुसार मिति २०८१ श्रावण ०१ गतेदेखि बुढानीलकण्ठ नगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नविकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचयपत्रमा आधारित Biometric Verification अनिवार्य गरिने भएको छ ।
त्यसको लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको भए बुढानीलकण्ठ नगरपालिकामा रहेको स्टेशनमा गई राष्ट्रिय परिचयपत्र बनाउनु हुन सम्बन्धीत सबैमा जानकारी दिएको छ ।
साथै राष्ट्रिय परिचयपत्रको लागि Enrollment भएका तर राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त नभएका लाभग्राही भएमा http://citizenportal.donidcr.gov.np/citizenPortal/लिङ्क मार्फत नम्बर प्राप्त गर्न सकिनेछ । थप जानकारीका लागि नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा सम्पर्क गर्नुहुन अनुरोध अनुरोध गरिएको छ ।
प्रतिकृयाहरु