राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको भन्दै पार्टीका नेता÷कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

शनिवार काठमाडौँको माइतीघरमा भेला भई पार्टीका नेता÷कार्यकर्ताहरूले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।