बुढानिलकण्ठ नगरपालिका १ मा प्रहरीको घरेलु मदिरा नियन्त्रण अपरेसन स्थानीय आक्रोशित

[[IMG_ALT]]

b s g news | Nagar News | Chaitra 30

महानगरीय प्रहरी परिसर टेकु र प्रहरी प्रभाग बुढानिलकण्ठले बुढानिलकण्ठ नगरपालिका वडा न १ र २ मा सर्च अभियान संचालन गरि घरेलु मदिरा नियन्त्रणमा लिएको छ | घरेलु मदिरा नियन्त्रण गर्न जाँदा स्थानीय र प्रहरी बीच सामान्य झडप समेत भएको छ | बुढानिलकण्ठ नगरपालिकाको माथिल्लो भूभागमा अत्यधिक मात्रामा घरेलु मदिरा उत्पादन हुने गरेको हुँदा पटक पटक स्थानीय जनता जनप्रतिनिधि लगायत सरोकारवालाहरु संग सम्वन्वय गरि घरेलु मदिरा उत्पादन नगर्न सचेत गराएको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक् शेर बहादुर चन्दले हामीलाई बताए | घरेलु मदिरा नियन्त्रण पश्चात सो मदिरा महानगरीय प्रहरी परिसर टेकु लगे पश्चात स्थानीयहरुले बिरोध जनाएका थिए | प्रहरीले छापामार शैलीमा आई मदिरा नियन्त्रण गरेको र धेरै मदिरा समेत नष्ट गरेको हुँदा स्थानीयहरू आक्रोसित भएको हरि भारती बताउछन | प्रहरी भने पटक पटक सम्झाई बुझाई गर्दा पनि स्थानीयले नटेरेको बताउछ | मदिरा नियन्त्रण पश्चात बुढानिलकण्ठ नगरपालिका वडा न १ का वडा अध्यक्ष् सुरेन्द्र लामाले उक्त क्षेत्र् भित्र तामांग समुदायको बसोबास रहने र धेरै जसो मानिसहरु जिबिकोपार्जनका निमित घरेलु मदिरा उत्पादन गर्ने गरेको स्वीकार गर्दै स्थानीयको जिबिकोपार्जनको बैकल्पिक ब्यबस्था नगरी अचानक प्रहरीले छापा मार्दा स्थानीय मर्कामा परेको बताए |
मदिरा नियन्त्रण पश्चात स्थानीयले महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा केहि बेर नारा समेत लगाएका थिए | घरेलु मदिरा उत्पादनमा धेरै महिलाहरु रहेकोमा महिला हरुको लागि अन्य बैकल्पिक आय आर्जनको बाटो चुन्न सक्ने हो भने घरेलु मदिरा उत्पादन नियन्त्रण हुन् कुनै कठिनाई नहुने स्थानीय बिना थिंग (सुनगाभा) ले बताईन् |

बुढानिलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष् बालकृष्ण श्रेष्ठले भने जिबिकोपार्जनको लागी कानुनले बर्जित गरेको कार्य गर्न नहुने भन्दै अन्य बैकल्पिक माध्यमबाट समस्याको समाधान गर्न जोड दिए | बुढानिलकण्ठ नगरपालिका वडा न ५ का विजय तामांगले जनप्रतिनिधिहरु को रोहबरमा पहिले सूचना जारी गरि घरेलु मदिरा उत्पादन नगर्न सचेतना मुलक कार्यक्रम गरि अटेर गरेमा छापा मार्दा स्थानीय मर्कामा नपर्ने जिकिर गर्दै प्रहरी प्रसासनको आजको काम स्थानीयलाई पिडा दिने खालको भएको बताए |

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक् शेर बहादुर चन्दले उक्त स्थानका बाटो बाटो मा घरेलु मदिरा उत्पादन हुने अन्य पेसा गरि आय आर्जन गर्ने श्रोत भएका ब्यक्तिहरु समेत घरेलु मदिरा उत्पादन गरि ब्यबसाय संचालन गरेको पाईएको हुँदा सामुदायिक प्रहरी सेवा केन्द्रको सचेतना कार्यक्रम गरेको महिना दिन पश्चात छापा मारेकोमा धेरै मदिरा नियन्त्रण गरेकोमा आफै आश्चर्यमा परेको बताउछन |