बूढानिलकण्ठ नगरपालिकामा आज अन्तक्रिया कार्यक्रम गरी बाल दिवस मनाईयो

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Bhadra 29

बाल दिवस मनाईयो,
जिल्लामै नगर द्वारा गरिएको एक मात्र कार्यक्रम
बूढानिलकण्ठ नगरपालिकामा आज अन्तक्रिया कार्यक्रम गरी बाल दिवस मनाईएको छ। काठमाण्डौ जिल्लामा नै नगर स्तरमा भएको यो एक मात्र कार्यक्रम आयोजना भएको बुझिएको छ।
कार्यक्रममा नगर भित्र रहेका सार्वजनिक विद्यालयका बालबालिका हरु सँग नगर प्रमुख, वडा अध्यक्ष, कार्यकारी अधिकृत, शिक्षक हरु बिच छलफल गर्ने व्यवस्था मिलाईएको थियो। सहभागी विद्यालयका शिक्षक विद्यार्थी हरु बाट नगरपालिकालाई विभिन्न किसिमका सुझाव हरु प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख उद्दव खरेल ज्यु ले 'नगरका सम्पुर्ण बालबालिकाको गुणस्तरिय शिक्षाको सुनिश्चितता गर्नु पढ्न पाउने अधिकारको संरक्षण र जिम्मा नगरपालिकाले लिने त्यसै गरि यस पल्ट सबै संरचना तयार नभईसकेको अवस्था भएपनि सानो रुपमा कार्यक्रम गरिएको र आगामी दिनमा विस्तृत योजना सहित कार्यक्रम बनाईने र उत्सवको रुपमा बाल दिवस मनाईने जानकारी दिनुभयो।'
कार्यक्रममा स्वागत मन्तव्य गर्दै कार्यकारी अधिकृत विश्व मरासिनि ज्यु ले 'बाल मैत्री नगर बन्ने दिशामा बूनपा रहेको र त्यसका लागी आवश्यकता पहिचान गर्नको लागी तथ्याङ्क संकलन कार्य गर्नको लागी हिजो मात्र प्रारम्भिक सम्झौता भएको र ३-४ महिना भित्र नगर सँग पुर्ण रिपोर्ट आउने जानकारी दिनु भयो।'
आजको कार्यक्रममा शिक्षक बालबालिका हरु समक्ष बाल दिवस, बाल अधिकार र नगरले लिनु पर्ने कार्यदिशाको बारे नव सञ्चालित महिला तथा बाल विकास शाखा अधिकृत लक्ष्मी ढकालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
सहभागीहरु बाट बाल मैत्रि नगर निर्माणमा व्यक्त गरिएका प्रतिबद्दता हरु साँचो अर्थमा कार्यान्वयन गरिए राम्रो हुने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रम नगर कार्यपालिका सामाजिक विकास समितिका संयोजक राजेन्द्र प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो।