तेश्रो बूढानिलकण्ठ नगर कप शुरु

[[IMG_ALT]]

BSG News | Sports | Ashwin 6

वडाकपमा भएको पहिलो खेलमा बु.न.पा ४ शिब मन्दिर युवा क्लब विजयी भएको छ। ४ नं शिव मन्दिर क्लब र ६ नं को रामसीता क्लब बीच भएको पहिलो खेलमा शिब मन्दिर क्लब २ -० गोल अन्तरले बिजयी भएको हो। उक्त खेल को Man of the Match सन्जिब कार्की घोषित भए।
तेश्रो खेलमा बु.न.पा १३ को एपेक्स चुनिखेल बु.न .पा ४ को शिब मन्दिर युवा क्लब संग १-० गोल अन्तर ले पराजित हुन पुग्यो।
आजको दोश्रो खेलमा भने टिम ग्रीन बु.न.पा ६ क ले बाई पाएको थियो |
बुढानिलकण्ठ युवा समाज द्वारा आयोजित तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएको छ। हिजो राति र बिहानको बर्षातले कार्यक्रम निर्धारित समयमा सुचारु हुन् सकेको थिएन ।
कार्यक्रमका प्रमुख अतिथि संसद तथा पूर्व मन्त्रि शंखर भण्डारीले सफलताको कामना गरेर जानु भएको थियो। बिशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धव प्रसाद खरेलले मौसमको प्रतिकूलताको बाबजुद पनि कार्यक्रम गर्ने युवा जोशको प्रसंशा गरेर कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो। |