रोकियो एन्फाको चैत्र १४ गते हुने निर्बाचन

[[IMG_ALT]]

b s g news | Sports | Chaitra 12

एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो । एन्फालाई विपक्षी बनाई भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटको सुनुवाईमा उच्च अदालत पाटनले एन्फा निर्वाचन नगराउन आदेश जारी गरेको थियो । उच्च अदालतको आदेशपछि पनि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने एन्फालाई चैत १४ गते नै निर्वाचन गर्न पत्राचार गरेको थियो ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजु र मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष श्रेष्ठले आफूहरुलाई जिल्ला निर्वाचनमा सहभागिताबाट बञ्चित गराएको भन्दै चैत ७ गते रिट दायर गरेका थिए । न्यायाधीश राजकुमार वनको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षी एन्फालाई १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेपछि एन्फाको निर्वाचन अन्योलमा परेको थियो ।

फिफाले चैत १४ गतेलाई निर्वाचनको अन्तिम सिमा भन्दै अन्यथा नर्मलाइजेसन कमिटी बनाउने चेतावनी दिएको थियो । पटकपटक ताकेता गर्दा पनि निर्वाचन नगरेपछि फिफाले निर्वाचन गरेर नयाँ कार्यसमिति नआएसम्मका लागि एन्फा निलम्बन गर्न सक्छ , एन्फाका प्रवक्ता सञ्जिव मिश्रले भने भन्छन्, ‘सम्भावना रहन्छ ।

एन्फाको निर्वाचनमा अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष मणि कुवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलसहित चुनावी मैदानमा छन् ।


यसैबीच एन्फाको निर्वाचन रोकिएको बारे थप जानकारी र अध्ययनको लागि एएफसीको टोली सोमबार नेपाल आउने एन्फा श्रोतले गरायो ।

‘हामीले नेपालको प्रचलित कानुनअनुसार एन्फाको निर्वाचन तोकिएकै मितिमा गर्न नसक्ने आशयको पत्र पठाएपछि एएफसीको टोली सोमबार नेपाल आउन लागेका हुन् ’ अध्यक्ष श्रेष्ठले भने, ‘एएफसीका एसोसिएट राष्ट्रका निर्देशक रविकुमारसहितको एएफसी टोली सोमबार नेपाल आइपुग्नेछ । ’ एएफसी टोलीले पछिल्लो घटनाक्रमका बारेमा अध्ययन गरेपछि निर्वाचनका विषयमा थप प्रष्ट हुने बताइएको छ ।