क्षेत्र नं. ५ मा कांग्रेस नेता नरहरि आचार्य प्रत्यक्ष निर्वाचन नलड्ने

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashwin 26

रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सरगर्मी बढि रहँदा काठमाडौं जिल्ला क्षेत्र नं. ५ मा पनि उम्मेदवारहरुको चर्चा सुरु भएको छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका कांग्रेस नेता नरहरि आचार्य प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उक्त क्षेत्रमा कांग्रेसबाट कसले उम्मेदवारी दिन्छ भन्ने चासो र चर्चा चुलिएको छ ।
कार्यकर्ता विच अहिले केन्द्रीय सदस्यद्वय डा. प्रकाशशरण महत र प्रदिप गिरीको चर्चा छ । स्रोतका अनुसार कांग्रेसले उक्त क्षेत्रमा केन्द्रीय स्तरका नेतालाई नै उम्मेदवार बनाउने मनस्थिती बनाएको छ । केहि समय पहिले उक्त क्षेत्रमा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समेत चर्चा थियो । नेता गिरीको सिरहामा समेत चुनावी क्षेत्र भएको र कार्की सुनसरीबाट चुनाव लड्ने भएपछि काडमाडौं ५ नं. क्षेत्रमा महत उठ्ने सम्भावना बलियो बन्दै गएको छ । स्थानीय नेताहरुले समेत क्षेत्र नं. ५ मा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । क्षेत्रिय सभापति रमेश खड्का टिकटका प्रबल दावेदार छन् । उनको नाम क्षेत्र र जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएको छ । उनीसगैं प्रेम बहादुर खड्का, दामोदर खड्का र श्री विनोद भट्टराई पनि सिफारिसमा परेका छन् । प्रेमबहादुर नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष हुन भने दामोदर वरिष्ठ अधिवक्ता हुन । एमालेबाट महासचिव इश्वर पोखरेल निर्वाचन लड्ने तयारीमा देखिन्छन् । दुई पटक पराजित भएकाले कांग्रेसबाट कस्को उम्मेदवारी पर्छ भनेर एमालेले नजिकबाट निहाली रहेको छ ।
त्यसैगरी समानुपातिकमा कांग्रेसबाट अकला गुरुङ, गंगा सुनार, निर शाह, कृष्णकुमारी बस्नेत सिफारिसमा परेका छन् । शाह नेपाली चलचित्र जगतका वरिष्ठ अभिनेता हुन ।प्रदेश सभाका लागि कांग्रेसबाट ‘क’ क्षेत्रमा रमा गुरागाई, प्रकाश महर्जन, भैरव सापकोटा, उषा न्यौपाने सिफारिसमा परेका छन् । ‘ख’ क्षेत्रबाट सागर खनाल, मनिष जोशी, श्यामबहादुर खड्का, भिमसेन खत्री, मुरारी तामाङ, रामचन्द्र घिमिरे, गोकर्ण केसी, माइला डंगोल सिफारिस भएका छन् ।
प्रदेश समानुपातिकमा भवानी केसी, कृष्ण वस्ती, तेजेन्द्र गुरुङ, शैलजा सिलवाल, सरस्वती श्रेष्ठ, अमृत शमशेर थापा, शम्भु अधिकारी, राजेन्द्र मर्हजन, श्याम बहादुर श्रेष्ठ, जयराम रेग्मी, होमनाथ कोइराला लगाएत सिफारिसमा परेका छन् | ने.क.पा एमालेको महासचिब इश्वोर पोख्रेल संग रमेश खड्का भिड्दै गर्दा कांग्रेस कम्जोर हुन् सक्ने सम्भावना भएको नेपाली कांग्रेस क्षेत्र् न ५ का महाधिवेशन प्रतिनिधि रहेका एक नेता बताउछन् |दुई पल्ट कांग्रेस जिती सकेको क्षेत्र्मा सहि उम्मेदवार दिन नसके स्थानीय चुनाबको नियति बोक्न नेत्रित्वो तयार रहने हो भने दुई पल्ट कांग्रेस जिती सकेको क्षेत्र्मा सहि उम्मेदवार दिन नसके स्थानीय चुनाबको नियति बोक्न नेत्रित्वो तयार रहने हो भने कांग्रेसले सिफारिसमा परेको जसलाई टिकेट दिए हुने समेत महाधिवेशन प्रतिनिधि बताउछन् |