सरकारी विदा कटौतीको बिरोध

[[IMG_ALT]]

b s g news | National News | Chaitra 18

नेपाल विश्वहिन्दु महासंघले सरकारी विदा कटौतीको बिरोध गरेको छ । महासंघले आईतबार पत्रकार सम्मेलन गरेर सनातनी हिन्दु विदाहरु कटौती गरेको भन्दै सरकारलाई विदा कायम राख्न माग गरेको छ ।

महासंघका संस्थापक अध्यक्ष डा.केदारनाथ दाहालले पाँच हजार वर्ष पहिलेदेखि चल्दै आएको सनातन हिन्दु धर्ममाथि प्रहार भएको गुनासो पोखेका छन् ।

उनले भने, ‘कुनैपनि देश धर्मसापेक्ष हुन सक्दैन, हाम्रो देशलाई धर्मनिरपेक्ष घोषणा गरेर ८४ प्रतिशत हिन्दुहरुको मर्म र भावनामाथि खेलवाड गरिएको छ, यो हामीलाई स्वीकार्य छैन्, जबसम्म सरकारले कटौती गरेका बिदाहरु यथास्थितिमा कायम गर्दैन, र सनातन हिन्दुराज्य कायम गर्दैन तसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’