नेपाली क्रिकेट टोली एसीसी यु-१९ पूर्वी क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Ashwin 1

समूह चरणका सबै चार खेल र सेमिफाइनलमा प्रभावशाली जित हात पार्दै १९ वर्ष मुनिको नेपाली क्रिकेट टोली एसीसी यु-१९ पूर्वी क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलमा शनिबार नेपालले आयोजक मलेसियालाई १० विकेटले सहजै पराजित गरेको हो।

पहिलो ब्याटिङ् गरेर मलेसियाले बनाएको ४१ ओभरमा बनाएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले विना विकेटको क्षति २३.१ ओभरमा १२५ रन बनायो।

नेपालका प्रारम्भिक ब्याटसम्यान दुवैले अर्धशतक प्रहार गरेका थिए।

सन्दिप सुनारले ५१ रन र आसिफ शेखले ५० रनको अविजित योगदान दिए।

कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएका थिए।

जारी प्रतियोगितामा उनको यो दोस्रो ५ विकेटको सफलता हो।
छनौट

प्रतियोगिताको विजेता टोली आगामी नोभेम्बरमा मलेसियामा नै हुने यु-१९ युथ एसिया कपमा छनौट हुनेछ।

युथ एसिया कपमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बाँग्लादेशसहित पूर्वी र पश्चिम क्षेत्रको छनोटको विजेता समावेश हुनेछन्।

एसियाली क्रिकेट परिषद् एसीसीले नयाँ प्रारुपमा खेलाएको यो प्रतियोगितामा टेष्ट नखेल्ने राष्ट्रहरुलाई समेट्दा नेपाल पूर्वी क्षेत्रको छनोटमा परेको हो।

यु-१९ को विश्वकप प्रतियोगिता सात पटक खेलिसकेको नेपाल यो छनोटमा प्रवल दाबेदार राष्ट्र हो ।

र, अनुमान गरिए झैं नेपालले सबै प्रतिद्वन्द्वीलाई सहजै पराजित गरेको छ।

फाइनल खेल आइतबार नेपाल र हङकङबीच हुनेछ।