निर्वाचन आयोगले फेरि पठायो एमालेलाई पत्र ,आचारसंहिता उल्लंघन नभएको भन्दै आफ्नो बचाउ

[[IMG_ALT]]

www.bsgnews.com | National News | Mangshir 14

निर्वाचन आयोगले नेकपा एमाले अध्यक्ष केपी ओलीको तस्विरसहितको प्रचार सामाग्री पत्रिकाहरुमा छापिएको चुनावी विज्ञापनवारे उक्त पार्टीवाट स्पष्टीकरण प्राप्त गरे लगत्तै सो दललाई पुन: त्यस्तो गल्ती नदोहोर्‍याउन चेतावनी दिएको छ।

पुन: आचारसंहिता उल्लंघन भए सो दललाई कानुन बमोजिम दण्डित गर्ने निर्वाचन आयोगको चेतावनी छ।

तर एमालेले आयोगलाई पठाएको स्पष्टीकरणमा आफूहरु आचारसंहिताको सीमा भित्रै रहेर चुनावी प्रचारलाई अघि बढाएको भन्दै आफ्नो बचाउ गरेको अधिकारीहरुले जनाएका छन्।

मङ्गलबार पाँचवटा राष्ट्रिय दैनिकहरुमा छापिएको विज्ञापनका बारेमा निर्वाचन आयोगले उक्त पार्टी र त्यस्तो प्रचार सामाग्री छपाइ गर्ने दैनिक पत्रिकाहरुलाई समेत २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
स्वीकार

आयोगको निर्देशन बमोजिम एमालेले लिखित जवाफ पठाएको भएपनि उसले निर्वाचन आयोगले उल्लेख गरे जसरी आफूहरुवाट आचारसंहिता उल्लंघन नभएको भन्दै आफ्नो बचाउ गरेको छ।
निर्वाचन आयुक्त सुधीर कुमार शाहले एमालेलाई सचेत गराउँदै पुन: अर्कोपत्र पठाइएको बताए

एमाले पार्टी कार्यालयले आफ्नो स्पष्टीकरणमा गल्ती भएको स्वीकार गरेको आयोगको भनाइ छ।

तर निर्वाचन आयोगका आचारसंहिता हेर्ने एकजना निर्वाचन आयुक्त सुधीर कुमार शाहका अनुसार एमालेलाई सचेत गराउँदै पुन: अर्कोपत्र पठाईएको छ।

एमालेको जवाफमा अव आईन्दा त्यस्तो गल्ती नगर्ने उल्लेख भएर आएको छ। उहाँहरुले गल्ती महशुस गर्नुभएको छ। त्यो मुख्य हो र हामीले पुन: त्यस्तो गल्ती दोहोरिएमा कानुन बमोजिम दण्डित हुने, कार्वाही हुने किसिमको पत्र आजै पठाएका छौं
सुधीर कुमार शाह, आयुक्त, निर्वाचन आयोग

उनले भने, ''एमालेको जवाफमा अव आइन्दा त्यस्तो गल्ती नगर्ने उल्लेख भएर आएको छ। उहाँहरुले गल्ती महशुस गर्नुभएको छ। त्यो मुख्य हो र हामीले पुन: त्यस्तो गल्ती दोहोरिएमा कानुन बमोजिम दण्डित हुने, कार्वाही हुने किसिमको पत्र आजै पठाएका छौं।''

आफ्नो पार्टीले आचारसंहिता उल्लंघन गर्नुपर्ने कुनै कारण नभएको दावी गर्दै एमालेका नेताहरुले निर्वाचन आयोगले आफूहरुलाई मात्रै गलत देखेको बताएका छन्।
आश्चर्य

विभिन्न अनलाइन र टेलिभिजनहरुमा अन्य दलका नेताहरुका आचारसंहिता विपरित प्रचार सामाग्रीहरु प्रयोग भइरहेको भएपनि आयोग चुप बसेको भन्दै नेकपा एमालेका प्रवक्ता विष्णु रिमालले आश्चर्य व्यक्त गरे।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले आचारसंहिताको पूर्ण पालना गर्ने बताउंदै आएकाछन्

उनले भने, ''विभिन्न टेलिभिजनमा विभिन्न पार्टीका नेताहरुको 'खतरा खतरा' प्रचार सामाग्री बजेको देखेका छौं हामीले। त्यसमा कुनै आचारसंहिता लागेको देखिंदैन। निर्वाचन आयोगले त्यस विरुद्ध केही भनेको पनि देखिएको छैन। आयोगको यस्तो शैली के हो बुझ्न सकिएको छैन। जसकारण एमालेलाई अलिक अप्ठेरो लागिरहेको छ।''

विभिन्न टेलिभिजनमा विभिन्न पार्टीका नेताहरुको 'खतरा खतरा' प्रचार सामाग्री बजेको देखेका छौं हामीले। त्यसमा कुनै आचार संहिता लागेको देखिदैंन। आयोगले त्यस विरुद्ध केही भनेको पनि देखिएको छैन। आयोगको यस्तो शैलीले एमालेलाई अलिक अप्ठेरो लागिरहेको छ
विष्णु रिमाल, प्रवक्ता, नेकपा एमाले

हालसम्म सत्तारुढ नेपाली कांग्रेससहितका अन्य दल र तीनका उम्मेदवार विरुद्ध करिब ५० वटा आचारसंहिता उल्लंघनका उजुरी परेको बताइएको छ।

आयोगले त्यस्ता उजुरीमा कारवाही प्रक्रिया शुरु भएको बताएपनि कतिपयले उसले स्पष्टीकरण मात्र सोध्ने गरेको र कसैलाई देखिने गरी कारवाही नगरेका कारण उल्लंघनका घट्ना झन् बढ्ने चिन्ता व्यक्त गरेका छन्।

एमालेलाई सोधेको स्पष्टीकरण सम्बन्धित प्रकरणमा पाँचवटा दैनिक पत्रिकालाई समेत स्पष्टीकरण सोध्नेवारेमा आयोगले मंगलबार नै निर्णय गरेको भएपनि बुधवार मात्रै सचिवालयले औपचारिक रुपमा ती पत्रिकाहरुलाई पत्राचार गरेको जनाईएको छ।