इतिहासमै पहिलो पटक नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो

[[IMG_ALT]]

b s g news | Sports | Chaitra 1

विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।

जिम्बाब्वे सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले सहज पराजित गरेको थियो।

अर्को प्रतिस्पर्धामा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालका लागि एकदिवसीय मान्यताको ढोका खुलेको हो।

जारी प्रतियोगिता खेलिरहेका पाँच एसोसिएट राष्ट्रमध्ये उत्कृष्ट तीन टोलीलाई आइसीसीले एकदिवसीय मान्यता दिने बताएको थियो।