स्थानिय सँग साक्षात्कार गर्दै प्रहरि निरिक्षक चन्द

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Kartik 30

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक् नियुक्त भएर कार्यभार सम्हालेका शेरबहादुर चन्दले नगर भित्र ब्यापार ब्यबसाय गरेर बस्ने स्थानीय ब्यापारीहरु संग अन्तरक्रिया गरेका छन् | साना तथा मझौला व्यपार ब्यबसाय गरेर बसेका ब्यापारीहरुसंग्को कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक् चन्दले समाज मा हुन साक्ने बिभिन्न अपराधिक घटना हरु को सुचना आदान प्रदान गर्न ब्यबसायी बर्गलाई आग्रह गरेका थिए | कुनै संकास्पद कुराको जानकारी पाए अब्लिमब प्रहरी लाई उक्त कुराको जानकारी दिन सके समाजमा ठुलो घटना हुन् बाट जोगिने तर्क प्रस्तुत गर्दै चन्दले प्रहरी सधै समाजमा रहेका ब्यक्ति र संघ संस्था संग मिलेर काम गर्न तयार भएको बताएका थिए | ब्यापारीबर्गको धेरै मानिस हरुसंग सहकार्य हुने भएको हुदाँ सबै माझ सूचना पुर्याउन समेत आग्रह गर्दै कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यबाद दिदै प्रहरी निरिक्षक् चन्द आफ्नो नियमित कामको लागी निस्किएका थिए |

[[IMAGE_ALT]]