तारकेश्वर नगरपालिका र काठमाडौं महानगरपालिका बाट लागूऔषध सहित चोरी तथा लुटपाटमा संलग्न पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Mangshir 9

नियन्त्रित लागूऔषध सहित पक्राउ
काठमाडौं, ८ मंसिर
तारकेश्वर नगरपालिका–९ लेलाङ हाइटबाट काठमाडौं बालाजु बस्ने झापाको गौरादह नगरपालिका–७ घर बताउने २९ वर्षीय प्रदीप बराइलीलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १ एम्पुल, बुप्रेनोर्फिन ८६ एम्पुल र फेनारगन ८६ एम्पुल गरी जम्मा २ सय ७३ एम्पुल सहित बिहीबार लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ
काठमाडौं, ८ मंसिर
काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित गोपीकृष्ण पुल नजिकमा चोरी गरी लैजाँदै गरेको स्कुटरसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने ओखलढुङ्गाको धार्मा–१ का १७ वर्षीय निमा तामाङ र काठमाडौं बौद्ध बस्ने रामेछापको भटौली–२ का १७ वर्षीय सुजन भुजेल रहेका छन् । शंकास्पद रुपमा बा.४२ प ९३६५ नम्बरको स्कुटर डोर्‍याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरीले फेला पारी सोधपुछ गर्दा स्कुटर छोडी भागेपछि लखेटदै गएर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उक्त स्कुटर बौद्ध भाटभटेनीमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी ल्याएको अनुसन्धानबाट खुल्न आएको छ ।
श्रोत नेपाल प्रहरी
दाङ : तुल्सीपुर उपमहानगरपालिका–३ राम्रीस्थित सडकमा भे.५ प ३४६५ नम्बरको मोटरसाइकलमा सवार बाँकेको नेपालगंज उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सुधिरकुमार पटहर र २६ वर्षीय बिहारीलाल लोधको ६० हजार रुपैयाँ र २ थान मोबाईल लुटपाटमा संलग्न ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लुटेरामध्ये ३ जनालाई घटनास्थलबाटै र भागी फरार रहेका ८ जनालाई पिछा गरी सोही उपमहानगरपालिका–३ दमारगाउँबाट प्रहरीले पक्राउ गरेको हो । लुटेराहरुलाई नियन्त्रणमा लिने क्रममा अस्थायी प्रहरी पोष्ट बेलुवा दाङमा कार्यरत प्रहरी जवान ललित केसी लुटेराले चलाएको रा.३ प १३१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकोले अंचल अस्पताल तुल्सीपुरमा सामान्य उपचार पश्चात मेडिकल कलेज कोहलपुर रिफर भएका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।