क्षेत्र नं. ५ मा घर दैलो गर्दै नेपाली कंग्रेसका उम्मेद्वार डा प्रकाश शरण महत

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Kartik 24

कला, संस्कृति र सम्पदाले भरिएको एतिहासिक नगरी टोखामा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गरेको छ |काठमाडाै क्षेत्र नं. ५ उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले क्षेत्र तथा प्रदेशमा नेपाली काँग्रेसलाई विजयी गराउने कदम चल्दै छन् | डा .महतसंगै अहिले प्रदेश सभाका उम्मेद्वार र समानुपातिक तर्फ परेका उम्मेद्वार घरदैलो कार्यक्रममा ब्यस्त छन | टोखा नगरपालिकामा भएको घरदैलो कार्यक्रममा डा.महतले नेपाली कांग्रेस सधै विधिको शासन माथि बिश्वास राख्ने पार्टी भएको हुदाँ जनताको मौलिक हक अधिकारको सुनिश्चितता नेपाली कांग्रेसले गर्ने बताएका थिए |नेपाली कांग्रेसको प्रदेश सभा २ ख का उम्मेद्वार रमेश खड्काले एतिहासिक नगरी टोखाको मौलिकता जोगाउन हर सम्भब प्रयास गर्ने बताए | नेपाली कांग्रेसको तर्फ बाट समानुपातिक तर्फका उम्मेद्वार मनिष जोशीले टोखाको कला संस्कृति मठ मन्दिर भेष भुषा नै टोखाको चिनारी भएकोले टोखा नगरलाई बिकाश गर्दै बिश्व माझ चिनाउन आफु लागि पर्ने बताए | घरदैलो कार्यक्रममा जनता संग साक्षात्कार गर्दै डा.महतले आफु राष्ट्रिय योजना आयोगको बोर्डमा बसेर काम गरि सकेको अनुभवले टोखा नगरलाई एक नमुना नगर बनाउन सक्ने सम्भावना भएको बताएका थिए |पवित्र धार्मिक स्थल चणडेश्वोरी मन्दिर नजिकनै रहेको बुढानिलकण्ठ मन्दिर जोड्ने बाटो निर्माण गर्न सके धार्मिक पर्यटनको सम्भावना बढ्ने बताएका थिए |

[[IMAGE_ALT]]