बुढानीलकण्ठ नगरपालिकाद्वारा खेलाडी सन्तोषी श्रेष्ठलाई पेरिसमा आयोजना भइरहेको ओलम्पिक्स खेलमा सहभागीका रूपमा बधाई एवं शुभकामना सहित बिदाइ गरिएको छ।
पेरिसमा आयोजना भइरहेको ओलम्पिक्स खेलमा नेपालको प्रतिनिधित्व गर्न लागेकी श्रेष्ठलाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेख अधिकृत लगायतद्वारा नेपालको झण्डा शहित यस नगपालिकाकाे झण्डा तथा नगद राशी सहित विदाई गरिएको हो।
सन् १९९६ पश्चात् करिव २८ वर्ष पश्चात् उहाँ नेपालको तर्फबाट तेस्रो महिला खेलाडी हुनुहुन्छ जो ओलम्पिक्स खेलमा सहभागी छनोट हुनुभएको छ ।
एथलेटिक्स विधा मार्फत विगतको उहाँको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुकाे प्रस्तुति एवं विजयी हुनुभएककाे र विभिन्न रेकर्ड कायम राख्न सफल हुनुभएको श्रेष्ठ ओलम्पिक्स खेलको विभिन्न छनोट प्रक्रिया अन्तर्गत मापदण्ड अनुसार योग्यता पूरा भइ चयन हुनुभएको हो। श्रेष्ठले म्याराथन; ४२.१९५ किलोमिटरमा चुनौती प्रस्तुत गर्नुहुनेछ । श्रेष्ठ लगायत विभिन्न देशहरुबाट छनोट हुनुभएका करिव ९७ जना एथलेटिक्स खेलाडिहरु सहभागी रहनुहुनेछ। खेलाडी श्रेष्ठसँगै खेलकुद परिषदबाट एक प्रतिनिधी र अरु एक प्रतिनिधी समेत भोलि पेरिस प्रस्थान हुने श्रेष्ठले बताउनुभएको छ।
उहाँको खेल २०८१ श्रावण २७, आईतबार (2024 August 11) मा रहेको छ।
नेपालबाट अन्य खेलाडीहरुमा टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान, पौडी खेलाडी एलेक्जेन्डर शाह, ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, महिलामा सुटिङतर्फ सुस्मिता, लगायतले प्रतिस्पर्धाका लागि छनोट हुनुभएको छ।
यस वर्ष लैङ्गिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक–२०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पासमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको थियो ।
प्रतिकृयाहरु