सबैलाई नै चाईने रे सत्ता नै सत्ता बिश्वकाे सामु उठेकाे छ
उत्तरमा विश्वकै उस्च सगरमाथा हिमाल बसेको छ शिर उचाली
यति सुन्दरर समृद्ध देश र आरध्य देव र शिव र बुद्ध जन्मिएको
देशलाई सधैभरी रहन्छन किन गिजाेलि सगरमाथाकै गर्नुपर्छ हामीले आरती
ए धर्ती माता यो स्वर्गसमानकाे याे धर्तीमा आफ्ना सन्तान जन्मायो तिमीले कतिकति
यो देश र जनताप्रति माया गर्ने आजसम्म पाइएन किन होला कुसल सारथि
यहाँ त अचम्मै छ रे ब्राह्मणले वेद छोड्ने नेताले नीति छोड्ने साधुले सत छोड्ने
कर्म गर्छु भन्नेले कर्म नै छोड्ने न्याय गर्छु भन्नेले न्याय नै छोड्ने
अझै उनकै मात्र गर्नुपर्छ रे यहाँ त आरति यहाँ त खै कस-कसले चै बिचाराहरुलाई
मूल सडकमा उतारी खेती गरे सरि जनतालाई मूल सडकमा उफारि उफारि राख्नेलाई नै गर्नुपर्ने रे उल्टै आरति
प्रिय जनतालाई दृष्टिभ्रम पारि कोही चाहिँ प्रवेश गरे मूलद्वारबाटै कोही चाहिँ झ्याल र प्वाल बाट प्रवेश गरी
आखिर बनि छाडे रे सारथि यो सुन्दर र समृद्ध देशलाई मनपराउने र माया गर्ने अन्य देशका
थिए होलान् कति कति यो हाम्रो राम्रो देशलाई स्वस्छ राख्न र उच्च नीति र प्रष्ट विचार राख्न
सकेमा अझै बन्थ्यो होलान यो स्वर्ग सरी को नेपाललाई सजाउन बन्थ्यो होला पक्कै सारथी ।
लेखकः दामाेदर भण्डारी उपाध्याय
मितिः२०८८/१२/२८
प्रतिकृयाहरु