हरिबोधनी एकादशी मेला यहि मिति २०८१ कात्तिक २७ गते मंगलबारदेखी ३० गते पूर्णिमासम्म सञ्चालन हुँदैछ ।
अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय, धार्मिक तथा ऐतिहासिक मान्यता रहेको पवित्र भूमि बुढानीलकण्ठ मन्दिर हिन्दुहरुमा मात्र नभई बौद्ध अनुयायीहरूका लागि समेत महत्वपूर्ण स्थल रहेको छ। धार्मिक पर्यटकीय स्थलहरुमध्ये प्रसिद्ध यस मन्दिरमा कात्तिक महिनाभर दर्शन गरि पुण्य प्राप्तीका लागि दर्शनार्थीहरुको घुईँचो लाग्ने गर्दछ। हिन्दु धर्मग्रथहरुमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीका दिन (हरिशयनी एकादशी) देखि भगवान् विष्णु शेषसायी भई चार महिनापश्चात् हरिबोधनी एकादशीका दिन निन्द्राबाट उठ्ने मान्यता रहिआएको छ। यही दिन तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ।
प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखी पूर्णिमासम्म मन्दिर परिसरमा विशेष पूजा, प्रार्थना र दर्शफनका लागि देशभरिबाट भक्तजनहरुको उपस्थिति रहने हुनाले यस समयलाई भव्य उत्सव तथा पर्वका रुपमा मनाइँदै आएको छ ।
बुढानीलकण्ठ नगरवासीले यस मेलालाई विशेष महत्वका साथ मनाइने हरिबोधनी एकादशीको दिन बुढानीलकण्ठ नगरपालिकाद्वारा 'स्थानीय बिदा' समेत घोषणा गरि बिदा दिने गरिएको छ ।
मेला व्यवस्थापनका लागि नगर प्रमुख श्री मिठाराम अधिकारीको संयोजकत्वमा १००५ सदस्यीय हरिबोधनी एकादशी मेला सञ्चालन तथा व्यवस्थापन मूल समारोह समिति तथा १५ वटा विषयगत उपसमितिहरु गठन गरिएको छ।
मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निम्नानुसारको व्यवस्थापन गरिएको छ ।
क. सार्वजनिक यातायात मन्दिरको मूल गेट (बसपार्क) बाटै फर्किने व्यवस्था गरिएको छ ।
ख. रिजर्भ साना, ठूला यातायातका साधन तथा निजि सवारीहरुलाई विष्णुमति र बुढानीलकण्ठ आवासीय विद्यालयमा व्यवस्था गरिनेछ ।
ग. मेला अवधिभर सुरक्षाका लागि बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, सामुदायिक प्रहरी, नगर स्काउट विद्यार्थी लगायत तोकिएका स्वयंसेवकहरुलाई परिचालन गरिनेछ ।
घ. स्वास्थ्य परामर्श तथा सेवाका लागि नगरपालिकाद्वारा स्वास्थ्य सेवा तथा सहायता कक्ष सञ्चालन गरिनेछ ।
ङ. घुम्ति शौचालयको व्यवस्था गरिनेछ । सरसफाई र फोहोरमैलाको व्यवस्थापन व्यवस्थित गरिनेछ ।
च. मेला तथा दर्शनार्थीहरुलाई मन्दिरको दक्षिणतर्फको मुख्य प्रवेशद्वारबाट प्रवेश गरी दर्शन गरेपश्चात् पूर्वबाट निस्कने व्यवस्था गरिएको छ । दर्शनका लागि स्थानीय स्वयंसेवकहरुद्वारा सहजीकरण गरिनेछ ।
छ. विभिन्न प्रकारका सहयोग तथा समन्वयका लागि नागरिक सहायता कक्षको व्यवस्था गरिनेछ ।
ज. अशक्त, अपाङ्गता भएका असहाय तथा ज्येष्ठ नागरिकलाई सुरक्षित तवरबाट दर्शन गराउने व्यवस्था गरिनेछ ।
झ. निःशुल्क खानेपानी तथा कालो चियाको व्यवस्था गरिनेछ ।
ञ. पार्किङ्गको रुपमा कसैले पनि कुनै स्थानमा शुल्क उठाउन निषेध गरिएको छ।
ट. मेला अवधीभरका लागि World link द्वारा मन्दिर क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा प्रदान गरिनेछ।
एकादशी मेला मूल व्यवस्थापन समिति अन्तर्गत गठित समिति/उपसमितिहरुको विवरण
उपप्रमुख श्री अनिता लामा: मेला अनुगमन उपसमिति, संयोजक
श्री बिदुर विक्रम खड्का: अतिथि सत्कार उपसमिति संयोजक
प्रहरी निरीक्षक श्री सुरेश खत्री: शान्ति सुरक्षा उपसमिति संयोजक
श्री स्वामी निगमानन्द: पुजा व्यवस्थापन उपसमिति संयोजक
वडा अध्यक्ष श्री आकाश धिताल: आर्थिक तथा बजार व्यवस्थापन उपसमिति, संयोजक
श्री कृष्ण प्रसाद लामिछाने: स्वयंसेवक उपसमिति, संयोजक
श्री प्रतिमा खरेल: स्वास्थ्य उपसमिति, संयोजक
श्री गोपाल कार्की: यातायात व्यवस्थापन उपसिमिति संयोजक
श्री शुसिला कठायत: सरसफाई उपसमिति, संयोजक
वडा सदस्य श्री विकास तामाङ: प्रचार प्रसार उपसमिति, संयोजक
वडा अध्यक्ष श्री राजेन्द्र श्रेष्ठ: साँस्कृतिक उपसमिति, संयोजक
श्री महेश श्रेष्ठ: प्रचार प्रसार उपसमिति, सह-संयोजक
श्री गंगालाल महर्जन: नगर स्काउट परिचालन उपसमिति, संयोजक
वडा सदस्य श्री शर्मिला नेपाली: भजन कीर्तन उपसमिति, संयोजक
श्री ध्रुव श्रेष्ठ: भजन कीर्तन उपसमिति, सह-संयोजक
श्री लक्ष्मण खड्का: स्थान व्यवस्थापन उपसमिति, संयोजक
श्री राजेन्द्र खड्का: मेला सञ्चालन तथा व्यवस्थापन समिति,सदस्य-सचिव
श्री उत्तम पौडेल: मेला सञ्चालन तथा व्यवस्थापन समितिको कार्यालय व्यवस्थापन
प्रतिकृयाहरु