उत्तरी गाजाको बेट लाहियामामा रहेको एक आवासीय ब्लकमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ३४ जना मारिएका छन् ।
नागरिक सुरक्षा निकायका अनुसार आक्रमणमा मारिनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् । अझै कयौं मानिस भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घटनामा सात जना घाइते भएका छन् ।
इजरायली सेनाले हमासलाई पुन: संगठित हुनबाट रोक्न बेट लाहिया लगायत उत्तरी गाजाका लडाकु लक्ष्यहरूमा प्रहार गरेको बताएको छ ।
यसैगरी गाजाका अन्य भागहरु मध्य गाजामा शरणार्थी शिविरहरुमा तीन अलग अलग आक्रमणमा १५ जना मारिएका छन् ।
यसैगरी दक्षिणी रफाहमा इजरायली ड्रोन आक्रमणमा मारिएको जनाइएको छ । नागरिक सुरक्षा निकायका अनुसार लगातारको आक्रमण र गोलाबारीका कारण घाइतेहरुको उद्दार गर्न कठिनाइ भइरहेको छ ।
प्रतिकृयाहरु