बुढानीलकण्ठ नगरपालिकाले ४५ औं विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते सडक महोत्सव आयोजना गर्न लागेको छ ।

नगर पर्यटन विकास वोर्डको संयोजक्तवमा बुढानीलकण्ठ वडा नं. ०३ स्थित नारायणस्थान मंदिर परिसरको उत्तर तर्फको सडकमा महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा नगरपालिकाको पौराणिक कला, संस्कृति झल्कने विवध साँस्कृतिक कार्यक्रम, खानेकुरा स्टल, हस्तकला, उद्यमीहरुको उत्पादन जस्ता आकर्षण रहने आयजकले जानकारी दिएका छन् ।

नगर प्रमुख मिठाराम अधिकारीले नगरको आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धनमा यस महोत्सवले योगदान पुर्याउने भएकाले सम्पुर्ण नेपालीहरुलाई निमन्त्रणा गर्नुभएको छ ।

महोत्सव असोज ११ गते दिउसो २ बजेबाट सुरु हुने आयोजकले जनाएका छन्।