विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गर्दै आएका शिक्षकहरुले आज भने आन्दोलनको समय घटाए। शिक्षकहरूले शनिवारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आन्दोलन गर्दै आए पनि आज भने बिहान ९ देखि १२ बजेसम्म मात्र निरन्तरता दिए । शिक्षकहरुको विहान ९ बजे प्रर्दशन गर्दा उपत्याकाको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बन्न पुग्यो ।

शिक्षकहरु १९ दिनदेखि  काठमाडौँको केन्द्रित आन्दोलमा सहभागिता जनाउँदै आएका छन ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । शिक्षकहरुको आन्दोलका कारण कक्षा १२ परीक्षा र एसइइका कपी परीक्षणमा अन्योलता सृजना भएको छ ।