बुढानीलकण्ठ नगरपालिका वडा नं २ बाट २०८१/८२ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुँदैछ। 

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको पायक पर्ने स्थानहरुको चनोट गरि वडा २ का तीन स्थानबाट उक्त रकम वितरण गरिने भएको छ।

भत्ता प्राप्त गर्नका लागि लाभग्राहीको नागरिकता, चेकबुक र सामाजिक सुरक्षा भत्ता परिचयपत्रसमेत आफु स्वयं उपस्थित भई सेवा लिनुहुनका लागि वडाका अध्यक्ष राजेन्द्र श्रेष्ठले सबैमा आग्रह गर्नुभएको छ। 

भत्ता यहि मिति २०८१ कात्तिक ५ गते सोमबारका दिन वितरण हुनेछ। 

भत्ता वितरण हुने समय र स्थानहरुः 

१. वासिक गणेश स्थानः बिहान ७१५ देखी ८ः१५ सम्म

२. चपली स्वास्थ्य चौकी महादेव खोलाः बिहान ८ः३० देखी ९ः०० बजेसम्म 

३. चपली सामुदायिक भवनः बिहान ९ः०० बजेदेखी १०ः३० बजेसम्म