बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका १३ वटै वडा कार्यालयहरू तथा बुढानीलकण्ठ नगर अस्पतालमा अब राजस्व तथा शुल्क भुक्तानी गर्न मोबाइल बैंकिङमार्फत सजिलो हुने भएको छ। नगरपालिकाले सुविधाजनक सेवाको व्यवस्था गर्दै QR कोड स्क्यान प्रणाली लागू गरेको हो।

यस सुविधाबाट सेवाग्राहीले मोबाइल बैंकिङ एप प्रयोग गरी सम्बन्धित काउन्टरमा उपलब्ध गराइएको QR कोड स्क्यान गरी तत्काल भुक्तानी गर्न सक्नेछन्।

भुक्तानी गर्ने प्रक्रिया पनि सहज छ।
१. आफ्नो मोबाइल बैंकिङ एप खोल्ने।
२. सम्बन्धित काउन्टरमा राखिएको QR कोड स्क्यान गर्ने।
३. आवश्यक रकम भुक्तानी गर्ने।

नगरपालिकाले यो प्रणाली लागू भएपछि सेवाग्राहीलाई नगद बोकेर हिँड्नुपर्ने झन्झट कम हुने र भुक्तानी प्रणाली अझ सुरक्षित तथा पारदर्शी हुने विश्वास व्यक्त गरेको छ।

QR स्क्यान गरिसके पश्चात तपाईको मोबाईल नं. मा निम्न बमोजिमको SMS आएको एकिन गर्नुहोस । र, त्यसमा आएको Tax Payer ID लाई सुरक्षित राख्नुहोस ।