गत शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा हिस्सात्मक गतिविधि गरेको आरोपममा पक्राउ परेका ४१ जनाको लाइ थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरिएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी अपीलराज बोहोराले जानकारी दिनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको थियो ।

आइतबार म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरूलाई उक्साएर घटना गराएको आरोपमा पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको थियो। 

आइतबार नै प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्‍याएको थियो। त्यसपछि जिल्ला अदालतमा लगेर म्याद थपको प्रक्रिया अघि बढाइएको हो। चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुवै नेताले हिंसा भड्काएको आरोप छ।