बूढानीलकण्ठ नगरपालिका वडा नं २ ले सार्वजनिक जमिनमा अबैध रुपमा बनेको संरचना हटाएको छ। स्थानीयवासी ले दिएका मौखिक उजुरीको आधारमा २ दिन अघि बनेको अवैध संरचना नगर प्रहरीको सहयोगमा हटाईएको जानकारी अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। 'अब यस्तो संरचनाहरु ठुलो सानो नभनी सबै हटाईनेछ।' बिएसजी न्युज सँगको छोटो कुराकानीमा अध्यक्ष श्रेष्ठले भन्नुभयो। 

वडा नं २ ले केही समय अगाडी देखीनै अवैध संरचना नबनाउन र हटाउनको लागी सुचना जारी गरिसकेको छ। भर्खरै मात्र एकजना प्रभावशाली व्यक्तिले पर्खाल सारिसकेको पनि जानकारी अध्यक्षले दिएका छन्। आज हटाईएको संरचना धोविखोलाको किनारमा रहेको सार्वजनिक जग्गामा बनेको थियो। त्यस स्थानलाई खाली गराउन वडा लागी पर्ने वडा नं २ ले जनाएको छ।