चक्रपथ विस्तारको काम अहिले धमाधम चलिरहेको छ । २७.२ किलोमिटर भित्री चक्रपथ आयोजनाको कलङ्की – बसुन्धरा क्षेत्रमा सडक विस्तारको काम धमाधम चलिरहेको छ ।

कुल ८.२ किलोमिटर लम्बाइ रहेको यस खण्डमा अहिले विस्तारको काम चलिरहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

सडकको दायाँ र बायाँ ६–६ मिटर चौडा पार्ने काम चलेको आयोजनाको भनाइ छ । यो काम सम्पन्न भएपश्चात् नै बसुन्धारादेखि धोबीखोलासम्म २ किलोमिटरमा पनि काम थाल्ने विस्तार आयोजनाले जनाएको छ ।

सडक विस्तारका क्रममा ढल निकासका लागि कल्भर्टहरू राख्ने काम जारी छ । ग्वंगःबुँ बसपार्क छेउछाउमा सडकमा कल्भर्ट राख्ने काम चलिरहँदा यात्रुलाई ओहोरदोहोर गर्न सास्ती भएको छ ।

ढल व्यवस्थापनका लागि कल्भर्टका लागि सडक खन्दा यात्रुलाई समस्या भएको छ । सडकमा ढलका साना पाइपहरू फुटेर दुर्गन्धित भएको छ ।

ढलका पाइपहरूलाई पहिले व्यवस्थापन नगरीकन विस्तारको नाममा सडकमा खाल्डाखुल्डी बनाउँदा थप समस्या निम्तिएको छ । चक्रपथ विस्तारका क्रममा सडकमा अत्यधिक धुवाँ र धुलो समेत बढेको छ । जसका कारण यात्रा गर्ने सर्वसाधारण नाक मुख थुनेर हिँड्न बाध्य छन् । तस्बिरहरू – मनाेजरत्न शाही