भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । लामो समयदेखि अल्जाइमरबाट पीडित आचार्यको उपचारको क्रममा आज ललितपुर स्थित मेडिसिटी अस्पताल निधन भएको उहाँको परिवारिक स्रोतले जानकारी दिएको छ ।

मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ , माया मेरी साँझ बनी डोली चढी आउँछिन्  जस्ता कालजयी गीतहरु गाउनु भएका आचार्यको जन्म विक्रम सम्वत १९९९ असोजमा भएको थियो ।

उहाँको अन्तिम संस्कार भोलिमात्र गरिने परिवारका सदस्यले जनाएका छन् ।