विश्वकै  उच्च सगरमाथा हिमाल पहाड र तराईको देश हुनु पर्नेमा नेपाल देश खोइ कसो गरि रहन गयो,
यति राम्रो उर्बरा भूमी भएका माटो, गह्रा, फोगटाहरु दिन प्रतिदिन खण्डिकरण  र बन्जर र बाँझो बन्दै किन गयो,
हिजो आज परिवर्तनको नाममा सर्व साधारण भाडा बर्तन जतिकै किन भयो,
आजसम्म आउँदा यहाँ त साधारण जनता भन्छन् यहाँ त खाली नेतापाल जस्तै भयो,
हजारौं मजदुरले श्रम गर्ने विगतमा भएको सयौँ कल,कारखाना, उद्योग, धन्दा खोइ कता गयो गयो,
 ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, एअरपोर्ट सुन काण्ड प्रति  राज्यको सुरक्षाकर्मीले गरेको योगदानलाई कहाँ पो पुर्यायो,
यहाँ भने नेपाली जनतालाई देखाउने पटक पटक भ्रमको खेती मात्र भयो ।

-दामोदोर भण्डारी  ( निलकण्ठ )