बिजयादशमीको अबसरमा बुढानीलकण्ठ युवा समाजले आयोजना गर्दै आईरहेको बुढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको आठै संस्करणको प्रथम पुरस्कार फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गर्ने भएको छ | बुढानीलकण्ठ युवा समाजको समाजकको तर्फ बाट कार्यबाहक अध्यक्ष्य सक्सा शाह र फ्रयाङ्कलिन एजुकेशनल का उमेश खड्काले आज सम्झौता पत्रमा हस्ताक्षर गर्दै आठौ बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको प्रथम पुरस्कारको टुंगो लगाएका छन् | सातौ संस्करणको उपाधि बु न पा ५ ले जितेको थियो भने उप बिजेता बु न पा ९ रहेको थियो | प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । स्तै यही असोज २५ गतेसम्म टिमदर्ता गर्ने टोलीहरुलाई नेपाल र लाओस बीच दशरथ रंगशालामा हुने विश्वकप छनौटको खेल हेर्न तीन थान टिकट उपलब्ध गराईने पनि आयोजकले जानकारी गराए अनुसार बु न पा ४ को नीलकण युवा समुहले नेपाल र लाओस बीच दशरथ रंगशालामा हुने विश्वकप छनौटको खेल हेर्न ३ थान टिकेट समेत प्राप्त गरेको छ |