काठमाडौं, माघ ३ गते । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ पुगेको छ ।

सक्रिय सङ्क्रमितमध्ये २९ हजार ७०५ जना होम आइसोलेसन रहेका छन् । त्यस्तै मन्त्रालयका अनुसार एक हजार १७२ जना सङ्स्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसियूमा १३९ र भेन्टिलेटरमा २६ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १मा २३ जना आइसिय्र र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा चार जना आइसिय्र, बागमती प्रदेशमा ८९ आइसियु र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै गण्डकी प्रदेशमा सात जना आइसियू र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा १३ जना आइसियुमा र दुई जना भेन्टिलेटर, कर्णाली प्रदेशमा एक जना आइसियू र एक जना भेन्टिलेटरमा उपचररत रहेका छन् । सुदूरपश्चिममा दुई जना आइसियू र एक जना भेनिटलेटरमा उपचाररत रहका छन् ।

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
मन्त्रालयका अनुसार झापा, धनुषा, पर्सा, मकवानपुर काभे्र, नवलपरासी, बाँके र दाङ गरी आठ जिल्लामा दुई भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।