काठमाडौं, माघ २२ गते । माघ महिनाभर साँखुमा मनाइने माधवनरायण ब्रर्तका सहभागीहरुले पनौतीस्थित त्रिवेणी धामको स्नान गरेका छन् ।

माघ महिनाभर उपत्यकाका विभिन्न तीर्थस्थलमा स्नान गर्ने क्रममा भक्तजनहरुको समूहले शनिवार पानौतीको त्रिवेणी घाटमा स्नान गरेका थिए । यसबर्ष पनौतीको सो घाटमा हरेक बह्र वर्षमा एक पटक माघ महिनाभर लाग्ने मकर मेला पनि जारी रहेको छ ।